थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा बृहत् भेला भब्यताका साथ सम्पन्न। ।

1/27/09

भरत तुलाचन सउल कोरिया।

महान पर्व सलनालको सुखद अवसर पारेर थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको कोरियामा कार्यरत थकाली बन्धूहरुको भेटघाट तथा थसेस बृहत भेला भब्यताका साथ सम्पन्न भएको छ । राजधानी सउलको तोङदेमुन स्थित स्वागत रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न उक्त भेलामा कोरियामा कार्यरत थकाली बन्धूहरुको उल्यख्य उपस्थिति रहेको थियो । थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको अध्यक्षता तथा समाजसेवी कुल प्रसाद जुहारचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले प्रवासी भूमिमा आई पर्ने बिबिध समस्याहरुको समाधानलाई मध्य नजर गर्दै आगामी दिनहरुमा कोरियामा रहेका मार्फाली, र तीन गाउंले ( थाक थिनी,थाक श्याङ र थाक चिमाङ ) थकाली बन्धूहरुलाई समेटेर अगाडि बढ्ने निर्णय गरेको छ । उक्त निर्णय पश्चात कोरियामा रहेकातुलाचन,सेरचन,गौचन र भट्टचन बन्धूहरुले मार्फाली, र तीन गाउंले बन्धूहरुलाई स्वागत गरेका थिए । भेलामा कार्य समितिको आकारलाईठूलो बनाउनु पर्ने निश्कर्ष निकाल्दै ६ जना सदस्य र एक जना सल्लाहकार सदस्य थप गरिएको छ । थप गरिएको नयां अनुहारमा सह-सचिवमा टंक सेरचन,सह-कोषाध्यक्षमा क्षेत्र थकाली,सदस्यहरुमा बिकल सेरचन,मनोज गौचन,सकुन्तला हिराचन,जितु गौचन,बिनिता गौचन र थपसल्लाहकार सदस्यमा कुल प्रसाद जुहारचन हुनु हुन्छ । भेलामा कोषाध्यक्ष अनिल गौचनबाट बार्षिक आय-ब्यय प्रस्तुत भएको थियो ।भेलाले आगामी मार्चमातोरन्ल्ह पर्व भब्यताका साथ मनाउने र आगामी छुसकमा नेपालबाट कलाकार ल्याई कोरियाली भूमिमा थसेसको तर्फबाट सम्भवत पहिलो पटकसांस्कृतिक कार्यक्रमको आयोजना गर्नको लागि नेपाल सम्पर्क समितिमा जानाकारी दिई सकिएकोले अन्य संघ संस्थाहरु संगको वार्तालाईअघि बढाउंदै जाने निर्णय गरेको छ । स्मरणिय रहोस कि कोरियामा छुसक वा सलनालमा २ वटा भन्दा बढि सांस्कृतिक कार्यक्रम गर्न प्रतिबन्धलगाईएको छ । जसको लागि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको रोहवरमा निर्णय गर्ने गरिन्छ । बिशेष भेलालाई सम्बोधन गर्नुहुदैं थकाली सेवा समिति दक्षिण कोरिया अध्यक्ष भक्त सेरचनले कोरियाली भूमिमा कार्यरत थकाली बन्धूहरुमा आईपर्ने कुनै पनि समस्याहरु समाधानको लागि थसेस कोरिया संधै प्रयासरत रहिरहनेर हाल कोरियामा भएको तीन थकाली बिचको एकता एक्काईसौं शताब्दीमा आपसमा भेदभाव प्रतिको टिखो प्रहार हुन सक्ने कुरा बताउनु भएको छ ।साथै उहांले भेलामा उपस्थिति नव प्रवेशी थकाली बन्धूहरुलाई स्वागत गर्दै अबको दिनपछि दक्षिण कोरियामा थकाली बन्धूहरुको संख्यामा निकै बृद्दि हुनसक्ने र हाम्रो यस पवित्र संस्थालाई अझ मजबूद बनाउंदै लैजानु पर्ने विचार ब्यक्त गर्नु भएको थियो । स्मरणिय रहोस , हाल कोरियामावर्क पर्मिट सिश्टमबाट थुप्रै बन्धूहरुको प्रवेश भई सकेको छ । कार्यक्रम सम्बन्धि थप फोटोहरु

Read more...

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP