थकाली सेवा समिति दक्षिण कोरिया द्वारा चियापान कार्यक्रम सम्पन्न

9/14/09

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ को पुर्व सन्ध्यामा चियापान कार्यक्रमको आयोजना गरेको छ । तोङदेमुन स्थित माउन्टेन टप रेष्टुरेण्टको सभा हलमा आयोजना गर्ने भनिएता पनि बिबिध कारणवश स्थान परिवर्तन गरि तोङदेमुन कै लुम्बिनी रेष्टुरेण्टमा चियापान कार्यक्रमको आयोजना सम्पन्न भएको छ । कार्यक्रममा करिव ३० भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरु लगायत ठूलो संख्यामा प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । नेपाल सम्पर्क समितिका अध्यक्ष देबिट राई र एन आर एन कोरियाका अध्यक्ष बिनोद कुवरको बिसेस आतिथ्य र थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्वमा सम्पन्न उक्त चियापान कार्यक्रम राष्ट्रिय गानको धुन बजाएर शुरु गरिएको थियो ।
थसेस सचिव भरत तुलाचनको संचालन रहेको उक्त कार्यक्रममा थसेस सल्लाहकार बिनोद थकालीले स्वागत मन्तब्य दिनु भएको थियो ।कार्यक्रममा उपस्थित महानुभावहरुबाट आ-आफ्नो परिचय दिंदै थसाङ सांस्कृतिक सौगात २००९ सफलताको शुभकामना सहित सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । साथै कथंकडाचित कार्यक्रमबाट मुनाफा हुन आएमा कोरियामा रहेका अपाङ्ग प्रवासी नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यको अनुशरण कोरियाका सबै संघ संस्थाहरुले गर्नु पर्ने बिचार उपस्थित प्राय: सबै ब्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा उपस्थित महानुभावहरुलाई सेलरोटी सहितको खाजाको ब्यबस्था गरिएको थियो ।






















Read more...

थसेस दक्षिण कोरियाको तर्फबाट सांस्कृतिक कार्यक्रममा ऐतिहासिक सहभागिताका झलकहरु

9/13/09










Read more...

थकाली सेवा समितिको कार्यक्रम अन्तिम तयारी स्वरुपको बिसेस भेला

9/6/09

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ को तयारी स्वरुप थसेस दक्षिण कोरियाको आयोजनामा आज तोङदेमुन स्थित पूजा रेष्टुरेण्टमा कोरियामा कार्यरत थकाली बन्धूहरुको उल्यख्य उपस्थितिमा बिशेस भेला सम्पन्न भएको छ । माउन्टेन टप रेष्टुरेण्टमा भेला हुने भनेर प्रचार प्रसार गरिएता पनि बिबिध कारणवश स्थान परिबर्तन गरिएको थियो ।
थसेस अध्यक्ष भक्त सेरचन ज्युको सभापतित्वमा सम्पन्न भेलाले थासाङ सांस्कृतिक सौगातका बिबिध बिषयमा छलफल गर्नुको साथै कार्यक्रममा आबश्यक सामग्रीहरु सेप्टेम्बर महिनाको २० तारिख आईतबार सम्ममा पूरा गर्ने गरि जिम्मेवारी प्रदान गरेको छ ।




Read more...

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP