यसरी पायौं हामीले छुसकमा सांस्कृतिक कार्यक्रम गर्न

2/16/09

भरत तुलाचन, सउल कोरिया ।
कोरियाली भूमिमा कार्यरत रहेका प्रवासी नेपालीहरु हप्ता भरि काम गरेको थकाई मेटाउन प्राय: हरेक आईतबारएकदिन मौका मिल्छ । हप्ता भरिको थकाईले त्यो एकदिनको आईतबार दिउंसो १२ बजे सम्म सुत्दैमा दिनले डांडा काटि सकेको हुन्छ प्राय : प्रवासीहरुको । यस भूमिमा सधै काममा मात्रै खटिरहनु पर्ने बाध्यताबाट अलिक लामोसमय अर्थात हप्तौं सम्म बिदा हुने भनेको बर्षको दुई चोटि मनाईने यहांको महान् पर्वहरु सलनाल र छुसक नै हो ।गर्मी बिदा भनेको दुई तीन दिनको भन्दा बढि हुंदैन । यो बिदा सबै प्रवासीहरुको एकै चोटि पनि मिल्दैन । मात्रनाथे दुई तीन दिनको गर्मी बिदा सोजु हानचान ( यहांको अति प्रचलित रक्सी पिउनु ) र पानी झरीमै सकिन्छ । स्वदेशका दशै तिहार जस्ता चाडहरुमा प्रवासीहरुको लागि संम्झना मात्रै हुन आउंछ । आफ्नो दशै तिहार जस्ता चाडहरु कोरियन मालिकहरुको गोरु रगेडाईमा गई हाल्छ । तर बर्षको दुई चोटि मनाईने यहांको महान् पर्वहरुसलनाल र छुसकमा भने प्रवासीहरुको लागि साथीभाई भेट्न, रमाईलो गर्न र नेपाली कार्यक्रमहरु हेर्न मनग्यसमय मिल्छ । यही कोरियाको महान् पर्वहरुको अवसर पारेर यस भूमिमा रहेका क्रियाशिल संघ संस्थाहरुले नेपालबाट चर्चित कलाकारहरु ल्याई सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन । सन २००२ थसेस दक्षिण कोरियाको स्थापना हुंदा नेपाल सम्पर्क समिति बाहेक कोरियाली भूमिमा जातिय संस्थाहरुको संख्या २ क्षेत्रिय १५ र धार्मिक ३ गरि बढिमा २० संस्थाहरु भन्दा बढि थिएनन् । तर सन २००३ देखि २००९ सम्म आई पुग्दा यस भूमिमा ७० भन्दा बढि संघसंस्थाहरुको जन्म भई सकेको छ ।सन १९९५ सालमा नेपाल सम्पर्क समितिकोपहिलो कार्यक्रम पश्चात नगन्य रुपमा देखिएका यस्ता खाले कार्यक्रमहरुले सन २००६ सम्म आईपुग्दा संघ संस्थाहरु बिचहोडबाजीकै रुपमा देखा परयो । आप्नो संस्कृतिको पहिचान र सामाजिक सेवा भन्दा पेशागत रुपमा अगाडि देखिएको आभाष भयो ।संघ संस्थाहरु बिच जस्को शक्ति उस्को भक्ति प्रबृतिले स्थान पाउंदै गयो । संघसंस्थाहरु बिचको बढ्दो असहमतिले उग्र रुप लियो ।एक पर्वमा चार पांचवटा कार्यक्रमहरुको आयोजना गरिए । जसको फलस्वरुप प्रत्यक पर्वहरुमा दुई तीन आयोजक संस्थाहरुको कार्यक्रमपूर्णरुपमा असफल हुन पुगे। त्यसको आर्थिक घाटा संघ संस्थाहरुलाइ परेपनि प्रत्यक्ष असर र ईज्जतमा खति भने स्वयं नेपालका ख्यातिप्राप्त र स्थापित कलाकार माथि पर्यो । त्यस्तो अवस्थामा थकाली सेवा समितिले कार्यक्रमको आयोजना गर्नु भनेको सिधै आगोको भुङरामा जाकिनुको बिकल्प थिएन । तर थसेस दक्षिण कोरियाले थकाली बन्धूहरु बिचको एकता र एकआपसमा सहयोगको भावनालाईजागृत बनाउदै कोरियाली भूमिमा रहेका हरेक संघसंस्थाहरु संग संस्थागत एकता ,हातेमेलो र सहयोगको भावनाबाट कहिल्यै पछि हटेन ।कोरियाली भूमिमा संघसंस्थाहरु बिच चर्केको असहमति र असफलतालाई ढिलै भएपनि प्रवासीहरुको छाता र माउं संस्था नेपाल सम्पर्क समितिले हरेक संघ संस्थाहरु बीच सहमतिमा ल्याउने प्रयास अनुरुप प्रत्यक पर्वमा दुई भन्दा बढि कार्यक्रम गर्न नपाउने प्राब्धान बसाले पश्चातका ३ बर्षभने अति सौहार्द वाताबरणमा प्राय: पूर्ण सफल वा आंशिक सफलताका साथ कार्यक्रमको आयोजनाहरु हुंदै आएका छन । यसकारण थसेसकोरियाले पनि सहमतिको आधारमा नेपालबाट कलाकार ल्याई कार्यक्रम गर्ने सोंच बनाई रहेको र छाता संस्था नेपाल सम्पर्क समिति लगायतयहांका करिब दुई तिहाई संघ संस्थाहरुबाट थसेसको प्रस्तावलाई स्वागत गरिरहेको अबस्थामा हिजोको अप्रत्याशित होडबाजीले भने करिव निराश तुल्यायो ।प्रत्यक्ष निर्णय सुन्न गएका उत्साही कतिपय थकाली बन्धूहरु कार्यक्रम स्थल छोडेर बाटो तताए । आखिर नतिजा सोंचे अनुरुप नै आयो ।
यस्तो भयो हिंजो एन सिसी कार्यालयमा
कोरियाको महान २ वटा पर्वहरु क्रमश: सलनाल र छुसकमा दुई भन्दा बढि कार्यक्रम गर्न नपाउने प्रवधानरहि आए अनुसार यसपालीको छुसकमा २ कार्यक्रमको लागि क्षेत्रिय र जातिय गरि करिव १० संस्थाहरुले कार्यक्रम गर्न पाउने हकदार भएको दाबि गर्दै आएका थिए । तर म्याग्दी समाज र स्याङजा परिवार लगायतका ४ संस्थाहरुबिगत ५ बर्ष भित्र नेपालबाट कलाकार ल्याई कार्यक्रम गरि सकेको आधारमा दाबेदारी अस्वीकार गरियो । बांकिरहेका ६ संस्थाहरु - थकाली सेवा समिति,पर्वत समाज,रुपन्देही समाज,तामाङ समाज,खोताङ समाज र किरांत राईयायोख्वा ( थकाली सेवा समिति बाहेकका बांकि संस्थाहरु कार्यक्रम नगरे पनि प्राय नयां संस्थाहरु ) का प्रतिनिधिहरु बिच करिब ३ घण्ट सम्मको छलफल पछि पनि सहमतिमा पुग्न नसके पछि कोरियालीभूमिमा रहेका संघ संस्थाहरुको छाता संस्था नेपाल सम्पर्क समितिको तर्फबाट ६ संस्थाहरुलाई दुई भागमाबिभाजन गरि गोलाप्रथाबाट क्रमश: २००९ को छुसक,२०१० को सलनाल र २०१० को छुसक पर्वमा नियम पुर्वकपाउने ब्यबस्था गरे अनुरुप गोला प्रथामा सहमति जनाएका थकाली सेवा समिति र पर्वत समाजको गोला प्रथानतिजा अनुरुप थकाली सेवा समितिले यहि छुसक पर्वको दोश्रो दिन कार्यक्रम गर्न पाउने भएको हो । त्यस्तै पर्वतसमाजले २००९ को सलनालको दोश्रो दिन कार्यक्रम गर्न निश्चित भएको छ । गोला प्रथामा असहमति जनाएकोरुपेन्देहीले २०१० को छुसक पर्वमा कार्यक्रम गर्न पाउने छ । तर तामाङ समाज, खोताङ समाज र किरांत राईयायोख्वा बिच भने अझै सहमतिमा पुग्न नसकेकोले क्रमश: आगामी छुसकको पहिलो दिन, सलनालको पहिलो दिन र २००९ को छुसक पहिलो दिन कार्यक्रम गर्ने गरि सहमति जुताई नेपाल सम्पर्क समितिदक्षिण कोरियालाई खबर गर्न भनिएको छ ।त्यस्तै कोरियामा मजदूरी गर्दा गर्दै अंगभंग हुन पुगेका प्रवासीहरुको नयां संस्था नेपाल अपाङग संघले थकाली सेवा समितिले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा करिव आधा घण्टाको समय लिई भाग्यशाली चिठ्ठाकोआयोजना गर्ने भएको छ । स्मरणिय रहोस, नेपाल अपाङग संघले भने भाग्यशाली चिठ्ठा प्राथमिकताका साथ शुरुमै पूर्ण समर्थनका साथ पाएको थियो ।कार्यक्रम गर्न पाउने निश्चित भएपछि थसेस अध्यक्ष भक्त सेरचनले कार्यक्रमलाई सफल बनाउन कुनै कसर बांकीनराख्ने र कोरियाली भूमिमा रहेका हरेक संघ संस्थाहरुबाट भरपूर सहयोग प्राप्त हुन सक्ने कुराम। आफू बिश्वस्त रहेको प्रारम्भिकप्रतिक्रिया दिनु भएको छ । राजधानी सउलको सुयुरी स्थित नेपाल सम्पर्क समितिको कार्यालयमा संघ संस्थाका प्रतिनिधि,पत्रकार र सर्वसाधारण गरि करिव ६० जनाको उपस्थिति मध्य उक्त निर्णयको प्रतिक्षा गर्न कोरियामा कार्यरतकरिव २० जना थकाली बन्धूहरुको उपस्थिति रहेको थियो ।साथै आगामी मार्च महिनाको १५ तारिखमा नेपाल सम्पर्क समितिको तर्फबाट आयोजना हुने एन सिसी कपभलिबल प्रतियोगितामा भाग लिन र बिशेष सहयोग गर्न कोरियामा रहेका सबै संघ संस्थाहरुलाई नेपाल सम्पर्क समितिको तर्फबाट हार्दिक आब्हावान समेत गरिएको छ ।

0 comments:

Post a Comment

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP