थसेस दक्षिण कोरियाको बैठकमा के निर्णय भयो आज ?

4/19/09

भरत तुलाचन सउल तोङ्देमुन ।
थकाली सेवा समिति दक्षिण कोरियाको नियमित बैठक राजधानी सउल स्थित पूजा रेष्टुरेण्टमा सम्पन्न भएको छ ।थसेस अध्यक्ष श्री भक्त सेरचनज्युको अध्यक्षतामा आज सम्पन्न नियमित बैठकमा थसेस कार्यकारिणी सदस्य,साधारण सदस्यलगायत नेपाल अपाङ्ग संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकमा कोरियाको महान् पर्व आगामी छसकमा आयोजना हुन गईरहेको सांस्कृतिक कार्यक्रममा नेपालबाट ल्याईने कलाकारहरुको बारेमा बृहत छलफल भएको थियो ।लामो बहस र छलफल पश्चात रिमिक्स गायिका अन्जु पन्त सहित दोहोरीमा केटी तर्फ ४ जना ,केटा तर्फ २ जना ,पप आधुनिक तर्फ २ जना, हांस्य तर्फ २ जना र नृत्य तर्फ २ जना कलाकारहरुको नाम नेपाल पठाईएको छ । नाम पठाईएका १२ कलाकार मध्यबाट बढिमा ६ जना कलाकारको लागि कोरिया आउनको लागि सहमति हुनेछ । जस बाहेक थप सहायक नृत्यमा भैरहवाकी निलु गौचनलाई समाबेश गराईने निश्चित भएको छ । कोरिया आउनको लागि नेपालमा कलाकारहरुको निश्चित भए लगत्तै हामीले थसेस ब्लगमा कलाकार नामावलि अपडेट गर्दै जानेछौं ।

0 comments:

Post a Comment

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP