थकाली सेवा समिति दक्षिण कोरिया द्वारा चियापान कार्यक्रम सम्पन्न

9/14/09

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगात २००९ को पुर्व सन्ध्यामा चियापान कार्यक्रमको आयोजना गरेको छ । तोङदेमुन स्थित माउन्टेन टप रेष्टुरेण्टको सभा हलमा आयोजना गर्ने भनिएता पनि बिबिध कारणवश स्थान परिवर्तन गरि तोङदेमुन कै लुम्बिनी रेष्टुरेण्टमा चियापान कार्यक्रमको आयोजना सम्पन्न भएको छ । कार्यक्रममा करिव ३० भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरु लगायत ठूलो संख्यामा प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको उपस्थिति रहेको थियो । नेपाल सम्पर्क समितिका अध्यक्ष देबिट राई र एन आर एन कोरियाका अध्यक्ष बिनोद कुवरको बिसेस आतिथ्य र थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्वमा सम्पन्न उक्त चियापान कार्यक्रम राष्ट्रिय गानको धुन बजाएर शुरु गरिएको थियो ।
थसेस सचिव भरत तुलाचनको संचालन रहेको उक्त कार्यक्रममा थसेस सल्लाहकार बिनोद थकालीले स्वागत मन्तब्य दिनु भएको थियो ।कार्यक्रममा उपस्थित महानुभावहरुबाट आ-आफ्नो परिचय दिंदै थसाङ सांस्कृतिक सौगात २००९ सफलताको शुभकामना सहित सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । साथै कथंकडाचित कार्यक्रमबाट मुनाफा हुन आएमा कोरियामा रहेका अपाङ्ग प्रवासी नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यको अनुशरण कोरियाका सबै संघ संस्थाहरुले गर्नु पर्ने बिचार उपस्थित प्राय: सबै ब्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा उपस्थित महानुभावहरुलाई सेलरोटी सहितको खाजाको ब्यबस्था गरिएको थियो ।






















0 comments:

Post a Comment

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP