मानव अधिकारबादी नेता पद्म रत्न तुलाधर ज्युसंगको अन्तर्क्रिया कार्यक्रम र मृत्यु दण्द सम्बन्धि प्रावधानको प्रशंग

7/5/09

btulachan,seoul

आज, नेपाल आदिवासी जनजाति महासंघ द कोरिया र नेवा पुचको संयुक्त आयोजनामा नेपालबाट पाल्नु भएका नागरिक समाजका अगुवा तथा पुर्व मन्त्री पद्म रत्न तुलाधर ज्युसंगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित प्रवासीहरुले आ-आफ्नो हैसियत अनुसारका बिचारहरु ब्यक्त गरे । तर मैले उक्त कार्यक्रममा बिल्कुल भिन्दै खाले अर्थात उहा संग पटक्कै मेल नखाने खालको नेपालमा अब बन्ने संबिधानमा मृत्यु दण्दको प्रावधान हुनु पर्ने बिचार ब्यक्त गरें ।
नेपालमा बिकसित अपहरण र ह्त्याहरुका श्रिंखलाबद्द दर्दनाक घटनाहरुले भने मानबको स्वफुर्त:बांच्न पाउने अधिकार कुन्ठित हुंदै गरेको र हालसालै घटेका विवेक लुइँटेल प्रकरणदेखि ख्याती प्रकरणसम्म आइपुग्दा अपराधको क्रुरतम उदाहरण लाई लिएर जनसमुदाय देखि कानुन निर्माण गर्ने सर्वोच्च अंगका सदस्य समेत यसबाट मुक्त हुने उपायका रुपमा मृत्युदण्डको व्यवस्थाको आबश्यक महसुस गरिरहेको अबस्थामा मैले पनि मानव अधिकारबादी नेता तुलाधर ज्युकै अगाडि मानवको शान्तिका साथ बांच्न पाउने अधिकारकै बारेमा झकझक्याउन उक्त बिचार राखेको थिएं । मेरो बिचार उक्त कार्यक्रममा राख्नु मानव अधिकारबादी नेता ज्युको अगाडि परिबेश अनुसार सायदै अस्वाभाबिक र असुहाउंदो त थियो नै ।
बास्तबमा संसारको कतिपय मुलुकहरुमा गम्भीर अपराध गर्नेले फेरि त्यस्तै अपराध गर्न नसकोस् भन्ने उद्देश्यका साथ दण्डको निरोधात्मक सिद्धान्त बमोजिम मृत्युदण्डको व्यवस्था छ तर मृत्य दण्द जस्तो कठोर सजायले मानवअधिकार हनन् हुने कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय रुपमै उक्त कानुन हताउनु पर्ने बुलन्द आवाज आईरहेको पनि छ । । हाम्रो देश नेपालमा समेत ०४७ सालको संविधान जारी हुनु पूर्व राजद्रोह र राजपरिवार सम्बन्धी गम्भीर केही अपराधमा मृत्युदण्डको व्यवस्था थियो । ०४७ सालको संविधानले मृत्युदण्डको कानुन बनाउन प्रतिबन्ध लगाए पनि तत्काल प्रचलित कानुनमा मृत्युदण्डको व्यवस्था स्वतः उन्मूलन भएको भन्ने अदालतको फैसला पछि मात्र यसको उन्मूलन भएको हो।हु न त मृत्यु दण्द जस्तो कठोर कानुनी ब्यबस्था आफैमा समस्या समाधानको उपाय भने होईन जस्ले गर्दा राजनीतिक प्रतिशोधका कारण कुनै राजनीतिज्ञ र परिबन्दमा परेको निर्दोष व्यक्ति पनि यस सजायको भागिदार बन्नु पर्ने छ । तर त्यसो भन्दैमा के नेपाल आमाका सज्जन सन्ततिहरु विवेक लुइँटेल र ख्याती श्रेष्टको नियति बारंबार भोग्दै जानु पर्ने हो त ? क्रुर हत्याराहरुलाई थप प्रोत्साहन दिदै जानु पर्ने हो त? यस्ता जतिल प्रश्नहरुको सहि बिश्लेशणको लागि मैले नागरिक समाज तथा मानवअधिकार सम्बन्धि खारिएका अगुवा भुपु माननिय मन्त्री ज्यु समक्ष बिचार राखेको थिएं । तर कतिपय कुराहरु भन्नै अप्ठ्यारो र बिश्लेशण गर्न नमिल्ने बताएर उम्किनु भयो । मैले पनि पुन: खोतल्ने प्रयास गरिन ।

0 comments:

Post a Comment

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP