थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट धन्यबाद ज्ञापन

7/18/09

btulachan,seoul korea

देश बिकासको चरम गतिमा रहेको कोरियाली भूमिमा रोजगारको लागि आई पुगेका थकालीहरुको हित र यहां रहेका संघ संस्थाहरु संग सहयोग आदान प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ सन २००२ मा स्थापना भएको थकाली सेवा समिति दक्षिण कोरिया सातौं बर्षगांठको सेरोफेरोमा पाईला चाल्दै छ। आफ्नो उद्देश्य र प्रतिबद्दता अनुसार नै यस संस्थाले यस बिरानो भूमिमा आई कार्यरत रहेका हरेक थकाली बन्धूहरुको सुख,दुखमा साथ दिनुको साथै हरेक संस्थाहरु संग सुमधुर र भाईचाराको सम्बन्ध राख्दै आएको थसेस हरेक नेपालीहरुको समस्या नै हामी सबैको साझा समस्या हो भन्ने धारणालाई उच्चताका साथ शिरोपर गर्दछ ।
थकाली सेवा समिति दक्षिण कोरियाले महान् पर्व छुसक अर्थात २००९ अकटुवर ३ तारिख शनिबारको दिन बिशेस लक्षका साथनेपालका ख्याति प्राप्त कलाकारहरुको साथमा सांस्कृतिक सौगात नामक कार्यक्रमको आयोजना गर्न गई रहेको छ । हाल सम्म संघसंस्थाहरुबाट आयोजना गरिने कुनै पनि कार्यक्रमहरु स्वदेशकै कुनै एउटा बिषयलाई सहयोगार्थ बनाएर सम्पन्न भएता पनि थसेसले आयोजना गर्ने सांस्कृतिक सौगात २००९ भने बिल्कुल भिन्न अर्थात कोरियाली भूमिमै क्रियाशिल नेपाल अपाङग संघ दक्षिण कोरियाको सहयोगार्थ हुनेछ । बिबिध कारणवश प्रवासी हुन बाध्य हामी नेपालीहरु सुन्दर भबिष्यको कोरा कल्पनामा चुर्लुम्म दुब्दै मेशिनको गतिमा काम गरिरहेका हुन्छौ । तर दुर्भाग्यवश कुनै दिन त्यही मेशिनले हाम्रा हात खुट्टाहरु लगायत शरिरका अन्य अंगहरु कामै नलाग्ने अबस्थामा थिलो थिलो पारि दिन्छ । क्षणभरमै भताभुङग पारिएका सुन्दर सपनाहरुलाई थांती राखेर सयौ नेपाली दाजुभाई तथा दिदी बहिनीहरु धेरै गुमाए पनि थोरै पाउने आशामा यसै भूमिमा भौतारिनु परेको छ । जस्को, ब्रेक बिग्रिएको गाडी झै, सुन्दर भबिष्य कोर्न चालिएको हरेक पाईलाहरु गतिहिन भएका छन । जसलाई खाने गांस र बस्ने वासको अभाव खड्की रहेको छ । जसले सहयोगको लागि अपेक्षाको उजागर गरिरहेको आभाष सजिलै मिल्दछ ।
त्यसकारण यस भूमिमा क्रियाशिल संघ संस्था तथा हरेक प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सहयोगमा कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सकेमा यस्ता दुर्दशा भोगि रहनु भएका हाम्रा प्रवासीहरुमा राहत मिल्न सक्ने कुरामा दुईमत छैन । अन्तमा, थकाली सेवा समितिको सांस्कृतिक सौगात २००९ संग कार्यक्रम नजुधाउन गरिएको अनुरोधमा सहमतिमा आउनु भएका रुपन्देही सम्पर्क समितिका पदाधिकारीज्युहरुलाई धन्यबाद दिंदै यस गतिरोधलाई अन्त्य गर्न उल्यख्य भूमिका खेल्नु हुने छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री देबित राईज्यु लगायत समितिका सम्पूर्ण पदाधिकारी ज्युहरु प्रति थकाली सेवा समिति दक्षिण कोरिया हार्दिक आभार ब्यक्त गर्दछ ।

0 comments:

Post a Comment

About This Blog

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP